Get free delivery for every order above Rs. 1199

यसरी गरौं जाडोमा छालाको स्याहार ?

सामान्यता मानिसको छाला ड्राइ, नर्मल र ओइली गरि तीन प्रकारका हुन्छन् । जाडोमा मौसमको आद्र्रता कम हुने भएकाले छाला सुख्खा हुने, हातखुट्टाका साथै ओठ फुट्ने, केश सुख्खा हुने तथा चायाँ पर्ने समस्या धेरैलाई देखा पर्ने गर्दछ ।

साथै, जाडोमा हातखुट्टा सुन्निने तथा चिलाउने समस्याले पनि धेरैलाई सताउने गर्छ । जसको कारण शरीरमा विभिन्न किसिमका एलर्जीहरु समेत देखा पर्ने गर्छन् ।

 

– जाडोमा न्यानोका लागि ऊनीका पहिरनले पनि कतिपयलाई एलर्जी हुने गर्दछ ।

– जाडा मौसममा घाममा ताप्ने तथा आगो वा हिटर ताप्ने गरिन्छ, यसले गर्दा छाला सुख्खा हुँदै जान्छ । यतिबेलाको घाम चर्को हुने भएकाले अनुहारमा पहिले नै चायाँ भएकाहरूको चायाँ एवं चाउरीपन वृद्धि हुन्छ । जाडो मौसममा कडा खालका साबुन प्रयोग गर्दा समेत छाला सुख्खा हुन्छ ।

समाधानका लागि के गर्ने त ?

– जाडो मौसममा घाममा बस्दा तथा घरबाहिर निस्कदा एसपीएफयुक्त सनस्क्रिन लगाउनुपर्छ । साबुनको कम प्रयोग गर्नु राम्रो हुन्छ । साना बालबालिकाको साबुन वा ग्लिसिरिनयुक्त साबुन प्रयोग गर्नु राम्रो मानिन्छ । अझ, माइल्ड फेसवास प्रयोग गर्नु राम्रो हुन्छ । त्यसपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । हामी जाडो मौसममा अरुबेला भन्दा कम पानी पिउने गर्छौं जसको कारण हात खुट्टा फुट्ने गर्छ । तसर्थ, प्रशस्त मात्रामा मन तातोपानी र झोल खानेकुरामा जोड दिनु पर्छ । जाडोका लागि भनेर तयार पारिएको मोइस्चराइजर क्रिम लगाउनु उपयुक्त हुन्छ ।

– धेरै तातो पानीले नुहाउनु पनि राम्रो मानिदैन तसर्थ मन तातोपानीले नुहाउनु राम्रो हुन्छ । नुहाउनासाथ मोइस्चराइजर लोसन प्रयोग गर्नु लाभदायक हुन्छ ।

– जाडो मौसममा केशको पनि धेरै नै केयर गर्नु पर्ने हुन्छ । केशलाई रुखो हुनबाट जोगाउन हप्तामा एकपटक तेल मसाज गराउनुपर्छ । साथै, एलर्जीबाट जोगिन ऊनीको पहिरनभित्र सुतीको पहिरन लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X